arrow

रौतहटबाट लागू औषधसहित दुई युवा पक्राउ 

logo
दिपु मिश्रा,  
प्रकाशित २०८२ साउन १ बिहिबार
drugs-crime-82-4-1.jpg

रौतहट । ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले रौतहटबाट दुई जनालाई  पक्राउ गरेको छ।  गौर नगरपालिका वडा नं. १ स्थितमा रहेको शुभम होटल अगाडि भारतीय नम्बरको बिआर ०५ यु ५८६० नम्बरको ग्लायमर मोटरसाइकलमा सवार राजदेवी नगरपालिका  ८ लक्ष्मीपुर टोल बस्ने विश्वनाथ पंडितको छोरा वर्ष २३ को नितेशकुमार र सोही स्थानका  शिव राय यादवको छोरा वर्ष ३२ को पिन्टुकुमारलाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो।  

उनीहरुको साथबाट नाइट्रोभेट १० ट्याबलेट १८ सय, नेटज़केयर १० ट्याब्लेट १२  सय, डाइजिपाम ३ सय एम्पुल, फेनेर्गन ३ सय एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन १ थान र २ थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।  

पक्राउ परेका दुवै जनालाई  लागू औषध सम्बन्धी कसूरमा मुद्दा अघि बढाइएको प्रवक्ता रायले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ