-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा आज शुक्रबार पनि सुनको भाउ वृद्धि भएको छ । आज सुनको भाउ तोलामा दुई सय र चाँदी तोलामा १५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, बिहीबार प्रतितोला दुई हजार दुई सय ६५ रुपैयाँका कारोबार भएको असली चाँदीको भाउ आज प्रतितोला दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको छ ।