काठमाडौँ । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर रहेको छ ।
“नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसारमात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको संख्या र दावी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ”, राप्रपाले उल्लेख गरेको छ ।