arrow

अठार जनाको ज्यान लिएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदनमा के छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
saurya-airlines-crash-81-4-9.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रतिशचन्द्रलाल समुनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले कुनै पनि मुलाहिजा नराखेर प्रतिवेदन आएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आयोगले प्रतिवेदन पेस गरेलगत्तै मन्त्रालयले आफ्नो ‘वेबसाइट’मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ ।

अंग्रेजीमा तयार पारिएको प्रतिवेदन ८७ पृष्ठ लामो छ । 

गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । 

उक्त दुर्घटनामा पाइलट मनीष शाक्य भने बाँच्न सफल भएका थिए । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ