arrow

सुन-चाँदीको भाउ निरन्तर वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौं । नेपाली बजारमा आज आइतबार पनि सुन चाँदीको मूल्य बढेको छ । गत बिहीबार र शुक्रबार बढेको सुनको भाउ आज पनि बढेको हो । 

आज आइतबार छापावाल सुनको मूल्य तोलामा आठ सयले बढेर तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९२ हजार पाँच सय र बिहीबार एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघको अनुसार आज असली चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी गत शुक्रबार प्रतितोला दुई हजार दुई सय दुई सय ८० र बिहीबार भने दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ