arrow

सुनको मूल्यमा निरन्तर वृद्धि, चाँदी स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ। नेपालमा सुनको मूल्यमा आज पनि वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (सोमबार) सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य गत बिहीबारदेखि निरन्तर बढ्दै आएको छ। हिजो (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ थियो।

यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार, आज चाँदी प्रतितोला दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ