arrow

नागरिक लगानी कोषले सिद्धार्थ बैङ्कको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
cit--sidartha-bank-mou.jpg

काठमाडौँ। नागरिक लगानी कोष र सिद्धार्थ बैङ्क लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन्।

यो सम्झौतासँगै बैङ्कले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ। हाल बैङ्कमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान एवम् अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ।

चालु आर्थिक वर्ष २०८२-८३ देखि नेपाल सरकारले साबिकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू नागरिक लगानी कोष लगायतका अन्य कोषमा आबद्ध हुनु पर्ने व्यवस्था गरे बमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधन अनुरूप बैङ्कले आफूले सञ्चालन गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरेको हो।

गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साबिकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू स्वमत २०८३ साल असार मसान्त भित्र नागरिक लगानी कोष लगायतका कोषमा आबद्ध हुनु पर्ने व्यवस्थाको जानकारी समेत गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ