arrow

एमसीसी परियोजनाले नेपालमा निरन्तरता पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
finance-ministersss.jpg

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएका छन्।

अर्थ मन्त्रालयका अनुसार, एमसीसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसीसीका कार्यक्रमले निरन्तरता पाएका हुन्।

"नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो," अर्थ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ