arrow

विधायन व्यवस्थापन समिति

सांसदहरूबीचमै छुवाछुत कायम रहेको सांसद आलेमगरको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
aaleymagars.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरूबीचमै छुवाछुत कायम रहेको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

आलेमगरले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा आउन नसकेको बताए। नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरू कानुनको दायरामा आउन नसकेको उनको भनाइ छ।

उनले सामाजिक अपराधलाई जघन्य अपराध भन्दै करोडपति र दलितका विरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरूमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको आरोप लगाए। "हाम्रो यहाँ सांसदहरू दलित हो भन्ने आधारमा दलित थाहा पाएपछि धेरै भेदभाव छ। यस्तोमा गम्भीर नभएर हुन्छ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ