arrow

अमेरिकाबाट ४५ वर्षपछि फर्काइएको पौभा प्रदर्शनीमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
pauva-82-4-16y.jpg
तस्बिर – सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । ४५ वर्षअघि हराएको एक ऐतिहासिक पौभा चित्र अमेरिकाबाट नेपाल फर्किएको छ । न्यूयोर्कस्थित विभिन्न संघसंस्थाहरूको पहलमा फर्काइएको यो चित्र हाल काठमाडौंको इतुंबहालस्थित पारावत महाविहारमा प्रदर्शनमा राखिएको छ ।

यस चित्रलाई एसियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए । 

पछि अमेरिकामा फर्किएपछि उनले सोही चित्र न्यूयोर्कको संग्रहालयमा देखे र त्यसपछि नेपालसँग सम्पर्क सुरु गरेका थिए । अनुसन्धानको क्रममा उक्त चित्रकै पहिचान भएपछि नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो ।

हाल यो ऐतिहासिक चित्र १५ दिनसम्म इतुंबहालमा प्रदर्शनीका रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ।

श्री भास्करदेवद्वारा संस्कारित तथा केशचन्द्रद्वारा निर्मित पारावत महाविहार, इतुम्बहालमा—४५ औँ वर्ष प्रवेशको अवसरमा अमेरिकाबाट ल्याइएका पौभा चित्रहरू नेपाल राष्ट्रिय संग्रहालयमा प्रदर्शनीका लागि राखिएका छन् ।

प्रदर्शित प्रमुख पौभा चित्रहरू:

गगनसिंह भारोया – ५७५ वर्ष पुरानो पौभा

चिन्तामणि लोकेश्वर – ३०० वर्ष पुरानो पौभा

केशचन्द्र व भैरव – ३२१ वर्ष पुरानो संयुक्त पौभा चित्र


 

pauva-82-4-16 (17).jpeg
pauva-82-4-16 (16).jpeg
pauva-82-4-16 (15).jpeg
pauva-82-4-16 (14).jpeg
pauva-82-4-16 (13).jpeg
pauva-82-4-16 (12).jpeg
pauva-82-4-16 (11).jpeg
pauva-82-4-16 (10).jpeg
pauva-82-4-16 (9).jpeg
pauva-82-4-16 (8).jpeg
pauva-82-4-16 (7).jpeg
pauva-82-4-16 (6).jpeg
pauva-82-4-16 (5).jpeg
pauva-82-4-16 (4).jpeg
pauva-82-4-16 (3).jpeg
pauva-82-4-16 (2).jpeg
pauva-82-4-16 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ