arrow

ठूलो परिमाणमा लागूऔषधसहित धादिङका राजन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
lagu-aausadh.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणमा लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई हाल पोखरा माहानगरपालिका वडा नं.२७ रिठेपानी लामटार बस्ने २४ वर्षीय  राजन गुरुङ छन् । 

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ रिठेपानी लामटारबाट गुरुङलाई पक्राउ गरेको हो । 

गुरुङको साथबाट लागू औषध ब्रुफिनपिन दुई सय ५८ एम्पुल, डाईजापाम दुई सय २४ एम्पुल र फेनरागन एक सय ७६ एम्पुल गरी कूल छ सय ५८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ