कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन आज पेश गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
455
Shares
काठमाडौँ। संघीय निजामती सेवा विधेयक, २०८० मा देखिएका त्रुटिहरूको छानबिन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन आज प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरेको छ। समितिले रातभर बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएको हो।
गत असार २३ गते प्रतिनिधिसभाले गठन गरेको यो समितिले २९ दिनको अवधिमा ३७ वटा बैठक बसी प्रतिवेदन तयार गरेको छ। समिति सदस्य माधव सापकोटाले दिएको जानकारीअनुसार, प्रतिवेदनमा भविष्यमा यस्ता त्रुटिहरू दोहोरिन नदिनका लागि विज्ञहरूसँगको परामर्शबाट सुझावहरू समावेश गरिएको छ।
समितिले विधेयक निर्माणको क्रममा हुने गरेका कमीकमजोरीहरू सच्याउनका लागि सरोकारवालाहरूसँग पनि विस्तृत छलफल गरेको थियो।
यो समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन्।