arrow

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

यस अघि मंगलबार सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी तोलाको एक लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर दुइ हजार तीन सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार चाँदी तोलाको दुइ हजार दुइ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ