arrow

इन्डियन ओपन वल्ड एथलेटिक्स ब्रोन्ज खेल्न नेपाली टोली भारतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
athletics-82-4-21.jpg

काठमाडौँ । प्रथम इन्डियन ओपन वल्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बुधबार भारतको उडिसा प्रस्थान गरेको छ ।

अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन् । 

महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सिमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन् ।
    
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका महासचिव सन्जिव तुलाधरलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । 

प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ