arrow

लेखा समितिमा महालेखा परीक्षक

विश्वविद्यालयहरूले वर्षौंदेखि लेखापरीक्षण नगरेको महालेखा परीक्षकको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
toyam-rau=ya.jpg

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले केही विश्वविद्यालयहरूले आठ देखि दस वर्षसम्म पनि लेखापरीक्षण नगरेको खुलासा गरेका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा उनले आगामी दिनमा विश्वविद्यालयसहित सबै निकायको लेखापरीक्षणलाई प्राथमिकतामा राखिने बताए।

रायाका अनुसार, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सयभन्दा बढी निकायको लामो समयदेखि लेखापरीक्षण हुन सकेको थिएन। तर, अहिले दुई-चारवटाबाहेक सबैको अडिट सकिएको उनले जानकारी दिए। उनले संघीय निकायहरूमा बेरुजु बढ्ने क्रम जारी रहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

रायाले १० वटा मन्त्रालयमा ९१ प्रतिशत बेरुजु देखिनु राम्रो अवस्था नभएको बताउँदै बेरुजुलाई शून्यमा झार्ने गरी काम गर्नुपर्नेमा जोड दिए। उनले मन्त्रालयहरूमा सरुवा भएर आउने सचिवहरूले बेरुजुको विषयमा गम्भीरतापूर्वक चासो देखाउनुपर्ने र डेटा मागेर फछ्र्यौटमा लाग्नुपर्ने बताए।

उनले वार्षिक प्रतिवेदन बनाउँदा सचिवहरूसँग राय सुझाव मागिने भए पनि त्यसको खासै प्रतिक्रिया नआउने गरेको गुनासो पनि गरे। महालेखा परीक्षकले हरेक वर्षका प्रतिवेदनहरू लेखा समितिमा गहन छलफल हुनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ