arrow

निःशुल्क स्वास्थ्य र शिक्षा सरकार एक्लैले सम्भव छैन – स्वास्थ्यमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
pradip-poudel-09-19.jpg

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन्। उनले यी दुई क्षेत्रमा सामुदायिक योगदान आवश्यक रहेकोमा जोड दिए।

मन्त्री पौडेलले शिक्षा र स्वास्थ्यमा राज्यको लगानी धेरै कम रहेको र बढाउन सक्ने अवस्था पनि नरहेको बताए। उनले योगदान गर्न सक्ने नागरिकलाई पनि यी सेवाहरूमा जोड्न जरुरी रहेको धारणा व्यक्त गरे।

सहरी क्षेत्रमा नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सके पनि ग्रामीण क्षेत्रमा भने यसको विकल्प नभएको उनले बताए। मन्त्री पौडेलले ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर निजी लगानीमा शिक्षालय र स्वास्थ्य संस्था खोल्नुपर्ने आवश्यकता औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ