arrow

हालसम्मकै उच्च विन्दुबाट सामान्य घट्याे सुनकाे भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । हालसम्मकै उच्च विन्दुबाट आज सुनको भाउ सामान्य घटेको छ ।

आज आइतबार छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

यता आज असली चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । जस अनुसार आज चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदी प्रतितोला दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ