arrow

भारत भन्छ – परमाणु धम्की दिनु पाकिस्तानको आदत 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
s-jaishankar-minister-external-affairs-india-foreign.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतले परमाणु धम्की दिनु पाकिस्तानको आदत भएको बताएको छ । पाकिस्तानी सैन्य प्रमुख आसिम मुनिरको परमाणु धम्कीमा भारतले पाकिस्तानको परमाणु धम्की दिनु् पहिलेदेखिकै आदत भएको जनाएको हो । 

भारतीय विदेश मन्त्रालयले परमाणु धम्की दिनु भारतको पुरानै आदत भएको जनाएको हो । भारत परमाणु ब्ल्याकमेलप्रति नझुक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । 

भारतले भनेको छ – हामीलाई आफ्नो सुरक्षा गर्न आउँछ ।

भारतले कुनै मित्र देशको भूमिमा गएर गरिएको यो टिप्पणी खेदजनक छ । यो हर्कतले उक्त देशप्रति पनि शंका पैदा हुने भारतले जनाएको छ । 

अमेरिकी भ्रमणका क्रममा मुनिरले भनेका थिए, ‘हामी भारतमा सिन्धू नदीमा बाँध बन्ने समय कुर्नेछौँ र भारत जब यसो गर्छ तब १० मिसाइल हानेर उसलाई भत्काइदिनेछौँ । किनकि हामीसँग मिसाइलको कमी छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ