काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदी १० रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ यसअघि सोमबार प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँ रहेको थियो । सुनकाे भाउ गत शुक्रबार हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला एकलाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ शुक्रबारको तुलनामा आइतबार तोलामा दुई सय र सोमबार एक हजार तीन सय रुपैयाँ घटेकोमा मंगलबार दुई हजार छ सय रुपैयाँ घटेको हो ।
यता, आज असली चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।