arrow

प्लास्टिक प्रदूषण नियन्त्रणका लागि विश्वव्यापी सन्धिमा ईयूको अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
european-union-eu.jpg

काठमाडौँ। युरोपेली सङ्घ (ईयू)ले प्लास्टिक प्रदूषण अन्त्यका लागि विश्वव्यापी सन्धिमा सहमति जनाउन तयार रहेको बताएको छ, तर कुनै पनि अन्यायपूर्ण वा कमजोर सम्झौता मान्य नहुने स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा जेनेभामा भइरहेको बहुपक्षीय वार्ता अन्तिम चरणमा पुगेको छ।

युरोपेली सङ्घका वातावरण आयुक्त जेसिका रोस्वालले अब तेल उत्पादक मुलुक र प्लास्टिक नियन्त्रणको पक्षमा रहेका देशहरूबीच सहमतिमा पुग्ने समय आएको बताए। उनले भने, "हामी प्लास्टिक प्रयोग गर्छौं र भविष्यमा पनि यसको आवश्यकता हुनेछ, तर प्लास्टिक प्रदूषणलाई सहन सकिँदैन। त्यसैले अब यस समस्यालाई यथाशीघ्र अन्त्य गर्नुपर्छ।"

यस सन्धिबारे दुई पक्षबीच अझै ठूलो मतभेद रहेको छ। साउदी अरेबिया, कुवेत, रसिया र इरानजस्ता तेल उत्पादन गर्ने देशहरूको समूहले सन्धि केवल फोहोर व्यवस्थापनमा मात्र सीमित हुनुपर्ने अडान लिएको छ।

यता, युरोपेली सङ्घसहितका अन्य राष्ट्रहरूले भने प्लास्टिकको उत्पादनमै नियन्त्रण गर्नुपर्ने र यसमा प्रयोग हुने विषाक्त रसायनहरूको प्रयोग पनि क्रमशः बन्द गरिनुपर्ने पक्षमा वकालत गरिरहेका छन्।

डेनमार्कका वातावरण मन्त्री म्याग्नस हेइनिकेले दुवै पक्षलाई आ-आफ्नो अडानमा पुनरावलोकन गर्न अनुरोध गर्दै भने, "यदि सबैजना आफ्ना मागमै अडिग रहे भने सहमति सम्भव छैन। हामी सबैले केही न केही समायोजन गर्नुपर्छ, ताकि एक सशक्त, कानुनी रूपमा बाध्यकारी र दीर्घकालीन समाधान दिने सन्धि गर्न सकियोस्।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ