arrow

राप्रपाको युवा संगठनमा झडप, लिङ्देन बाहिरिएपछि राणा समूहले लामालाईगर्‍यो निर्वाचित घोषणा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
rpp-police-82-4-28ee.jpg

काठमाडौँ । राजा ल्याउने भन्दै पार्टीलाई जनतामाझ पुर्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको किचलो लम्बिएको छ । यो किचलो तत्काल समाधान हुने स्थितिमा देखिएको छैन । राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा गुटबीच कित्ता काटाकाट भइरहँदा यसको असर भ्रातृ संगठनमा पनि परेको छ । 

जसका कारण राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशन स्थगित भएको छ । चाबहिलमा आयोजित अधिवेशनमा झडप भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरेका हुन् ।

लिङ्देनले उद्घाटन गरेको अधिवेशनमा झडप भएपछि लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गर्दै कार्यक्रमस्थलबाट बाहिरिए । 

उनी बाििहरएसँगै महामन्त्री राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । त्यसपछि लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए ।

उनी कार्यक्रमस्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।
 

rpp-youth-82-4-28tt (1).jpeg
rpp-youth-82-4-28tt (2).jpeg
rpp-youth-82-4-28tt (3).jpeg
rpp-youth-82-4-28tt (4).jpeg
rpp-youth-82-4-28tt (5).jpeg
rpp-youth-82-4-28tt (6).jpeg
rpp-youth-82-4-28tt (7).jpeg
rpp-youth-82-4-28tt (8).jpeg
rpp-youth-82-4-28tt (9).jpeg
rpp-youth-82-4-28tt (10).jpeg
rpp-youth-82-4-28tt (11).jpeg
rpp-youth-82-4-28tt (12).jpeg
rpp-youth-82-4-28tt (13).jpeg
rpp-youth-82-4-28tt (14).jpeg
rpp-youth-82-4-28tt (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ