arrow

समितिमा महालेखा परीक्षक

संवैधानिक निकायमाथि हस्तक्षेप भइरहेको महालेखा परीक्षकको आरोप [भिडियो]

संवैधानिक निकायहरुमा कैयौँ समस्या छन्, गुनासा राख्दै हिँड्नुपरेको छ, सुनुवाई भएनः महालेखा परीक्षक राया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
tyoyam.jpg

काठमाडौँ। महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरूमा धेरै समस्या रहेको र उनीहरूको प्रशासनिक स्वायत्ततामाथि हस्तक्षेप भइरहेको बताएका छन्। बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायका गुनासा सुन्ने निकाय अहिलेसम्म नभएकोमा आक्रोश व्यक्त गरे।

रायाले महालेखा परीक्षकको कार्यालय संवैधानिक निकाय भए पनि आफ्ना कर्मचारीको मूल्यांकन गर्न नपाएकोमा प्रश्न उठाए। उनका अनुसार, लेखापरीक्षकको कार्यसम्पादन मूल्यांकन महालेखा परीक्षकले नभई मुख्य सचिवले गर्छन्। यसरी कर्मचारीमाथि नियन्त्रण गुमाउँदा राम्रो काम नगर्नेलाई सचेत गराउन पनि नसकिएको उनको गुनासो छ। उनले भने, "कर्मचारीले राम्रो गर्दा त ठिक छ तर कहिलेकाहीँ नराम्रो गर्दा म कहाँ गएर कराउने हो?"

महालेखा परीक्षक रायाले यस्ता कानुनहरू संसदले नै बनाएको भन्दै सांसदहरूप्रति आक्रोश पोखे। उनले पार्टीको ह्विपमा सांसदहरूले कानुन नपढी पास गर्दा संवैधानिक निकायको स्वायत्ततामाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए। रायाले अहिले आम नागरिकले सामाजिक सञ्जालमा गुनासो र गालीगलौज गर्नुपर्ने अवस्था आउनुलाई पनि यसैको परिणामको रूपमा हेरेका छन्।

उनले संवैधानिक निकायभित्रका समस्याबारे संसदीय समितिहरूले छलफल चलाउनुपर्नेमा जोड दिँदै कानुन निर्माताहरूले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ