डिजिटल नेपाल निर्माणका लागि प्रविधिको सही उपयोगमा कांग्रेसको जोड - सभापति देउवा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
655
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सदैव नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरण को पक्षमा रहेको बताएका छन्। बिहीबार पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले डिजिटल नेपाल निर्माणमा जोड दिएका हुन्।
सभापति देउवाले कांग्रेस डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, र विशेष गरी युवा, उद्यमी, किसान र निजी क्षेत्रको सृजनशीलता प्रवर्द्धन गर्न उपयोग गर्ने पक्षमा रहेको बताए। उनले जनतालाई केन्द्रमा राखेर उपलब्धिमा आधारित प्रविधि नीति बनाउनुपर्नेमा जोड दिए।
यद्यपि, उनले डिजिटल प्लेटफर्मका नकारात्मक पक्षहरू पनि रहेको स्वीकार गरे। नागरिक असुरक्षित हुने जस्ता समस्याहरू समाधान गर्न सरकार र सम्बन्धित निकायहरूले समयमै ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेका दूरसञ्चारसम्बन्धी नीति र कानुनले प्रविधिलाई दूरदराजका बस्तीहरूमा पुर्याएको बताए। तर, प्रविधिको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको पनि उनले उल्लेख गरे।