arrow

देउवाद्वारा मगर समुदायसहित आदिवासी जनजातिसँग सहकार्यको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
deuba-30.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीतालगायतका ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा दृढ रहेको बताएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसकै नेतृत्वमा रहेको सरकारले क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराए।

सभापति देउवाले मगर समुदायसहित आदिवासी जनजातिले प्राप्त गरेका उपलब्धिहरूलाई जोगाउन र अझै समावेशी लोकतन्त्र निर्माणका लागि कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे। उनले आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र पेशाको सुरक्षा र प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न पनि उनीहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ