arrow

गणपूरक संख्या नपुग्दा लेखा समितिको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
sarbajanik-lekha-samiti-82-.jpg

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक संख्या अपुग भएपछि स्थगित भएको छ। कुल २६ जना सदस्य रहेको समितिमा बैठकका लागि १२ जना सांसद मात्रै उपस्थित थिए।

समितिका सचिव एकराम गिरीका अनुसार, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ बमोजिम बैठकका लागि ५१ प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुन्छ, जुन संख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धी उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले मालवाहक सवारी साधनको भारवहनसम्बन्धी विद्यमान कानुनी प्रावधान कार्यान्वयन नभएको भन्दै समितिमा उजुरी दिएको थियो।

निर्देशिका, २०७४ अनुसारको मापदण्डभन्दा बढी वजन बोकेर सवारी साधनहरू सञ्चालन हुँदा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै यो उजुरी परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ