arrow

चार घण्टापछि चालु भयो मुग्लिन-नारायणगढ सडकखण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
mugling-narayanghad-road.jpg

मुग्लिन । मुग्लिन-नारायणगढ सडकखण्ड चार घण्टापछि सञ्चालनमा आएको छ । बिहान करिब ४ बजे तुइनखोला नजिकै ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो । 

दुई वटा डोजर प्रयोग गरी करिब तीन घण्टा लगाएर पहिरो पन्छाएसँगै सडक पूर्णरुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । 

वर्षायामको समयमा यस सडक खण्डमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै यात्रा गर्न क्षेत्रीले आग्रह गरेका छन् ।

मुग्लिन-नारायणगढ सडकमा पहिरोको उच्च जोखिम मानिन्छ । यस सडकमा वर्षायाममा मात्र होइन हिउँदमा पनि सुख्खा पहिरो खसेर कयौँ घटना हुने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ