arrow

महिनाको पहिलो दिनमै घट्यो सुनचाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा भदौ महिनाको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । 

आज सुनको भाउ तोलामा सात र चाँदीको मूल्य पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, शुक्रबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य घटेर आइतबार तोलामा दुई हजार तीन सय १० रुपैयाँ कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ