arrow

ट्रम्प र पुटिनबीच युक्रेनका लागि यस्तो सहमति भएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
trump-putin-25-8-16rr.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा भएको शिखर वार्तामा युक्रेनका लागि ‘बलियो सुरक्षा प्रत्याभूति’ प्रदान गर्न सहमति भएको ह्वाइट हाउसका एक उच्च अधिकारीले आइतबार बताएका छन्।

सीएनएनसँगको कुराकानीमा स्टिभ विटकोफले भने, “रुसले विशेषगरी पूर्वी डोनेट्स्क क्षेत्रका पाँच वटा युक्रेनी भूभागमा अनिर्दिष्ट छुट दिन सहमत भएको छ।” उनले यसलाई ‘परिवर्तन’ को संज्ञा दिए।

ट्रम्पले पुटिनसँगको वार्तामा युद्धविरामका लागि दबाब दिएका थिए। सोमबार ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की र केही युरोपेली नेताहरूसँग रुसको साढे तीन वर्ष लामो आक्रमण अन्त्य गर्ने उपायहरूबारे छलफलका लागि बैठकको आयोजना गर्दैछन्। यस बैठकमा बेलायती प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मन चान्सलर फ्रेडरिक मर्ज, नेटोका महासचिव मार्क रुटलगायतका नेता सहभागी हुनेछन्।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एनबीसीसँग कुरा गर्दै युद्धविरामको सम्भावना जीवित रहेको र यस युद्धको अन्त्य गर्नु नै मुख्य लक्ष्य रहेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक पोस्ट गर्दै "रुससँगको छलफलमा बृहत् प्रगति" भएको भन्दै प्रशंसा गरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ