arrow

तोलामा आठ सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज सोमबार सुन-चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा आठ सय र चाँदीको पाँच रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज असली चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ