काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययनका लागि समिति सदस्यहरूलाई दुई दिनको समय दिएको छ।
समितिको सोमबारको बैठकमा विधेयकको प्रतिवेदन वितरण गरिएको हो। यसअघि १६३ दफा रहेको विधेयकमा अहिले १७४ वटा दफा थपिएका छन्।
प्रतिवेदनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ। तर, सांसदहरूले अनिवार्य शिक्षा ऐनअनुसार कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि यस विषयमा भने सहमति जुट्न सकेन।
समितिले प्रतिवेदनलाई पारित गर्ने गरी भदौ ५ गते अर्को बैठक बोलाएको छ।