arrow

तोलामा एक हजार दुई सय घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
gold-silver-new-hk-2081.jpg

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदी १५ रुपैयाँ घटेको हो । 

मूल्य घटेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुन यसअघि सोमबार एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ