-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ। नेपाली बजारमा तीन दिन लागातार घटेको सुनचाँदीको भाउ आज बढेको छ। आज सुनको भाउ तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुन बुधबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता बुधबार प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ ।