arrow

भविष्यमा हुने रुसी आक्रमण रोक्न युक्रेनलाई सुरक्षा प्रत्याभूति आवश्यक: जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
volodymyr-zelenskyy.jpg

काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमणबाट जोगिनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको बताएका छन्। उनले सुरक्षाको सुनिश्चितता भए मात्रै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गर्न तयार रहेको बताएका छन्।

बिहीबार जारी गरिएको एक टिप्पणीमा उनले दुवै देश थप लडाइँको तयारीमा रहेको चेतावनी दिए। रुसले दक्षिणी सीमामा सैनिक तैनाथ गरिरहेको र युक्रेनले पनि नयाँ लामो दूरीको क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उनले जानकारी दिए।

युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको आरोप लगाउँदै मस्कोले युक्रेनको सुरक्षाको माग आफ्नो हितविरुद्ध भएको बताएको छ। युक्रेनी राष्ट्रपतिले सुरक्षाको सुनिश्चितताका लागि कुन देशले के गर्ने भन्ने बुझ्न चाहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा साढे तीन वर्षदेखि जारी रुसी आक्रमण अन्त्य गर्ने प्रयास गरिरहेका छन्। शान्ति सम्झौताका लागि ठोस प्रगति नभएपछि उनले अब रुसी नेतालाई एक्ल्याउने पश्चिमा नीतिलाई अघि बढाउने सम्भावना देखिएको छ।

यसैबीच, बेलायत र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले युक्रेनलाई सुरक्षा सुनिश्चितता प्रदान गर्न एक सैन्य गठबन्धन खडा गर्ने तयारी गरिरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ