arrow

नेपाल पाकिस्तानी टिमसँग मात्र एक रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
cricket-nepal-82-5-5.jpg

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ । 

    अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रन बनाए । उनले ४४ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१ बलमा४१, आसिफ शेखले २७ तथा लोकेश बमले १० रन बनाए । 

पाकिस्तानका मोहमद वासिम र फैसल अक्रमले समान दुई–दुई विकेट लिए भने मोहमद सलमानले एक विकेट झारे । 

त्यसअघि पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रनको योगफल बनाएको थियो । पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यसैगरी मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।

    नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए । त्यसैगरी कुशल भुर्तेलले एक विकेट झारे ।  

यो हारसँगै नेपाल छ खेलबाट दुईमा जित तथा चारमा हारसहित ४ अंकबाट ११ टिम सहभागी प्रतियोगितामा आठौँ स्थानमा छ । 

यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो  ।

     नेपालले होबर्ट हुरिक्यान्स एकेडेमी विरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध ३३ रनको जित निकालेको थियो । नेपाल प्रतियोगिताबाट बाहरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ