arrow

मकवानपुरका स्थानीय तहबाट ३२ करोड सशर्त अनुदान फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
Makwanpur-hamrakura.jpg.jpeg

बागमती। मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रुपैयाँ फिर्ता गरेका छन्।

कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौँडाका प्रमुख दिनेश रेग्मीका अनुसार, जिल्लाका १० वटै स्थानीय तहबाट सो रकम फिर्ता आएको हो। विभिन्न कारणले समयमा कार्यक्रम सञ्चालन गर्न नसक्नु र योजना सफल गर्न ढिलाइ हुनुले सशर्त अनुदानको बजेट खर्च हुन नसकेको उनले बताए।

आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ २ अर्ब ९४ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ ५ करोड ५७ लाख र विशेष अनुदानतर्फ ३ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

यसैगरी, बागमती प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्न नसकेको ४२ करोड रुपैयाँ फिर्ता भएको छ। प्रदेश सरकारलाई ११ अर्ब ९६ करोड रुपैयाँ बजेट भुक्तानी दिइएकोमा ११ अर्ब ४७ करोड मात्र खर्च भएको रेग्मीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ