-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बर्दिया । बर्दियामा नेपाल-भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ ।
विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला परेको हो ।
मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई वटा साइकलमा राखेर भारततर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक कमलबहादुर नेपालीका कमाण्डमा गस्ती टोली सो स्थानमा खटाईएको थियो ।
स्पेशम्यान एसपि चालिस हजार नामक विद्युतीय चुरोटको बजार मूल्य प्रतिथान दुई हजार पाँच सय रहेको छ ।
सशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मुल्य ४८ लाख पाँच हजार रहेको छ ।
गस्ती टोली देख्ना साथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साइकल छोडेर भारततर्फ भागेकोे उनले बताए ।
पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पूरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शाहीले बताए ।
खुला सिमानाका कारण नेपाल भारत सिमा क्षेत्र अबैध सामान ओसारपसार हुने गरेको पाइन्छ ।