वीरगञ्जमा हैजाका बिरामीको सङ्ख्या ९३ पुग्यो, ३४४ जनाको उपचार जारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
726
Shares
वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण बढ्दो क्रममा रहेको छ। सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ। हैजा रोकथामका लागि तीनै तहका सरकारले प्रयास जारी राखे पनि सङ्क्रमितको सङ्ख्या घटेको छैन।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, हाल वीरगञ्जका विभिन्न अस्पतालहरूमा १६६ जना हैजाका बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
अहिलेसम्म झाडापखाला र हैजाका बिरामीको कुल सङ्ख्या ३४४ पुगेको छ। यीमध्ये २७ जनाको आइसियुमा, छ जनाको एचडिसियुमा र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ। नारायणी अस्पताल, तराई अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थाहरूमा हैजाका बिरामी फेला परेका छन्।