arrow

तीन तहका सरकारको समन्वयबाट समृद्धि सम्भव : मन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
pradip-poudel-tanahun.jpg

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताएका छन् । 

तनहुँको भिमाद नगरपालिकामा आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उनले सङ्घीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिए । 

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताए ।

स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले जनताको भावनाअनुसार तिनै तहको सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

त्यस क्रममा नगरप्रमुख दधिराज सुवेदीले नगरपालिकाले गर्दै आएका कामका बारेमा मन्त्री पौडेललाई जानकारी गराए । 

मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका-८ ले आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गरे । 

त्यस्तै, भिमाद एफएमले आयोजना गरेको तीज गीत प्रतियोगिता र घिरिङ गाउँपालिका-१ बैडीमा पुष्पाञ्जली समाज सुधार मञ्चले आयोजना गरेको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताको मन्त्री पौडेलले उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ