arrow

'बाफिया' संशोधन विधेयकले अर्थतन्त्रलाई कमजोर बनाउँछ: चन्द्रप्रसाद ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
chandra-dhakal-82-3-8.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदामा राखिएको एक प्रावधानले अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताए। उक्त प्रावधानअनुसार, कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारले अर्को कुनै निजी कम्पनीको १० प्रतिशत मात्र सेयर लिएको अवस्थामा पनि त्यो निजी कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैन।

अध्यक्ष ढकालले यस्ता किसिमका प्रावधानहरू लोकप्रिय देखिए पनि यसले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग नपुग्ने जिकिर गरे। उनले अहिले धेरैजसो उद्योग र प्रतिष्ठानहरू नातेदारहरू मिलेर सञ्चालन भइरहेको भन्दै यस्तो व्यवस्थाले आर्थिक गतिविधि र सम्पूर्ण आर्थिक सूचकहरूमा असर पुर्‍याउने बताए।

उनले भएका उद्योगधन्दाहरू बन्द गर्नेतर्फ लाग्न नहुनेमा जोड दिँदै विधेयकका यस्ता अव्यावहारिक प्रावधान सच्याउनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ