arrow

नेप्सेमा पहिरो जाँदा कारोबार रकम बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसूचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन बिहीबार ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ ।

यसअघि बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

बुधबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएकोमा बिहीबार कुल ३२२ स्टकको ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेन्टीभ इन्डेक्स ५.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले घटेको छ ।

बिहीबार विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ५१.७० रुपैयाँले बढेर ५६८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०.५६ रुपैयाँले बढेर ५८९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २८.१२ रुपैयाँले बढेर ८५३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीको शयेर मूल्य २६.०९ रुपैयाँले बढेर ८४४.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर ८५९.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

लुम्बिनी विकास बैंकको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५५२.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, सांग्रिला विकास बैंकको शेयर मूल्य ३.८७ प्रतिशतले घटेर ४३१.३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ