काठमाडौँ । टेनिसकी माहिका राणा र बास्केटबलका विजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेट्स फोरममा भाग लिने भएका छन् ।
कार्यक्रम काजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच दुवै खेलाडीलाई बिदाइ गरे ।
उनले त्यस अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट सिकेको नेपाली खेलकुद बिकाउमात्र उपयोग गर्नुपर्ने बताए ।
बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र ओलम्पिक कमिटीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिह गुरुङको पनि उपस्थित थियो ।