ताप्लेजुङ । गए रातिको वर्षासँगै खसेको पहिरोका कारण ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-स्थित पेदाङको होक्मा गाउँका ६ परिवार विस्थापित भएका छन्।
स्थानीय खेलप्रसाद बुढाक्षेत्री (पराग) का अनुसार, पहिरोले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ। साथै, जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घर पनि जोखिममा रहेका छन्।
पहिराे खसेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा सरेको र अन्य परिवार पनि सुरक्षित स्थानमा गएर बसेका छन्। अहिले वर्षा रोकिए पनि पहिरो झरिरहेको स्थानीयले बताएका छन्।