काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।
सिरिजमा रग्बी सेभेन्सका दुई तथा फिफ्टिन्समा एक खेल हुने आयोजक संघका अध्यक्ष दीपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भदौ ३० गते रग्बी सेभेन्सका दुई खेल हुनेछ ।
रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।