arrow

जलवायु परिवर्तनले सुक्दै शुक्लाफाँटा निकुञ्जका तालहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
suklafata-taal-sukdai.jpg

दोधारा चाँदनी (कञ्चनपुर)। जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव र जलकुम्भी तथा झारपातको अतिक्रमणका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरू सुक्दै र पुरिँदै गएका छन्। पर्याप्त बजेट नहुँदा यी महत्वपूर्ण जलस्रोतको संरक्षणमा चुनौती थपिएको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, रानीताल, सिकारी ताल, बाबाताल, कालीताल र सालगौडी तालजस्ता ठूला प्राकृतिक तालहरू जलकुम्भी र झारपातले ढाकिएका छन्। यी तालहरू वन्यजन्तुका लागि पानीको मुख्य स्रोत हुन्।

वाग्लेले भने, "हामीसँग जम्मा ३४ लाख रुपैयाँ मात्र पुँजीगत बजेट छ। यो रकम पर्यटनकपथ र अन्य पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ।" निकुञ्जमा प्राकृतिक तालबाहेक ४० वटा कृत्रिम ताल पनि छन्, तर तिनको पनि उचित संरक्षण हुन सकेको छैन।

शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण भएकाले यो स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो। यस सिमसार क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा सूचना अधिकारी वाग्लेले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ