arrow

सर्वसाधारणका लागि खुल्यो झापा इनर्जीको आईपीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
ipo-final.jpg

काठमाडौँ । झापा इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका चार लाख ७३ हजार तीन सय ३६ कित्ता शेयर, कुल चार करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर शुक्रबारदेखि जारी गरेको हो ।

जसमा २८ हजार पाँच सय १४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार चार सय छ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । 

लगानीकर्ताले न्यूनतम् १० कित्ता र अधिकतम् पाँच हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आश्वा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।

आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीयो रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । जसले उच्च जोखिम संकेत गर्दछ । 

बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ