काठमाडौँ। दसैँ–तिहारको शुभ अवसरमा युरोपको नं एक होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा रु. ४१,४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
बेकोका उत्पादनहरूमा १००५ पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ। होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन्।
यस योजना अन्तगत वासिङ्ग मेसिनको खरिदमा ६ के जी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै फ्रि स्टयान्डिङ्ग ओभनमा सी जी को प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुविधा पाउने छन्।
यस अफरलाई सी जी इलेकट्रोनिक्स मार्फत नेपालभरका सिजीको शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ।
ग्राहकहरूलाई थप सहज बनाउन इ एम आइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ। जसमा तपाईँहरूले सजिलै ०% इएमआइ मा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्नुहुनेछ भने तपाईँका पुराना घरायसी सामानहरू सँग पनि उच्च मूल्याङ्कनमा एक्चेन्ज गर्न सक्ने छन्।
यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरू तथा आधिकारिक विक्रेताहरूमा उपलब्ध रहेको छ।