कांग्रेस बैठक बस्दै, आजको आन्दोलन र सामाजिक सञ्जाल बन्द मुख्य विषय
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
3.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसको बैठक बस्दैछ । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र आजको जेनजी पुस्ताको आन्दोलनमा भएको क्षतिका विषयमा गम्भीर छलफल गर्न कांग्रेसले बैठक डाकेको हो ।
बैठक साँझ ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ । कांग्रेसले यसअघि नै सरकारसँग सामाजिक सञ्जाल बन्दको जवाफ मागिसकेको छ ।