जेनजी पुस्तासँग वार्ता गर्न संसदीय समितिको सरकारलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1.3k
Shares
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो।
समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, समितिले आन्दोलनकारी युवाहरूलाई शान्तिपूर्ण र संयमित भएर आफ्ना माग राख्न आग्रह गरेको छ। साथै, गृह प्रशासनलाई पनि संयमता अपनाउँदै आन्दोलनलाई उच्च सतर्कताका साथ नियन्त्रण गर्न निर्देशन दिएको छ।
बैठकले सामाजिक सञ्जालमा देखिएको समस्याबारे तथ्यगत जानकारी अर्को बैठकमा पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत निर्देशन दिएको छ।
सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन्। जेनजी पुस्ताको आन्दोलनका कारण आज काठमाडौँको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।