“दसैँ–तिहारको ठूलो हर्ष, क्रम्प्टनको आकर्षक उपहार”
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
735
Shares
काठमाडौँ। नेपालको अग्रणी इलेकट्रोनिक्स वितरक सीजी इलेकट्रोनिक्सले यस वर्षको महान् चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै क्रम्प्टन दसैँ–तिहारको ठूलो हर्ष सार्वजनिक गरेको छ। यस विशेष अफरमार्फत क्रम्प्टनका उत्पादन खरिद गर्ने उपभोक्ताहरूलाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार जित्ने अवसर मिल्नेछ।
योजनाको मुख्य आकर्षण
बम्पर लक्की ड्र: मिडिया ४८२ लिटर। एसबीएस नेपाली फ्रिज
मासिक लक्की ड्र: मिडिया १०० सिरिज वासिङ मेसिन ८ किलोग्राम
साप्ताहिक लक्की ड्र: क्रम्प्टन मिक्सर ग्राइन्डर
अतिरिक्त लाभहरू:
सजिलो ईएमआई सुविधा
नि:शुल्क डेलिभरी
नि: शुल्क स्थापना
६० महिनासम्मको वारेन्टी (प्रोडक्ट अनुसार)
ग्राहकहरूले खरिदपश्चात् उपलब्ध क्युआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी यस योजनामा सहभागी हुन सक्नेछन्। क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।
सीजी इलेकट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्व स्तरीय ब्रान्डहरूलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।
यस चाडपर्व, क्रम्प्टन र सीजी इलेकट्रोनिक्ससँगै नेपाली घर–घरमा खुसी, सहजता र उत्कृष्टता पुर्याउने उद्देश्य लिएको छ।