-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। 'जेन-जी पुस्ता'को प्रदर्शनले उग्र रूप लिएपछि सर्वोच्च अदालतमा आगजनी भएको छ।
सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले अदालत परिसरमा रहेका गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको जानकारी दिएका छन्।
प्रदर्शनकारीहरूले महान्यायाधिवक्ताको कार्यालय, विशेष अदालत र जिल्ला अदालत, काठमाडौँ मा पनि तोडफोड तथा आगजनी गरेका छन्।
उनीहरूले ती कार्यालयका मुद्दाका कागजपत्रहरू बाहिर निकालेर जलाएका छन्।